आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापनाको ३२ वर्षपछि आफ्नै भवनमा

मङ्गलबार, २६ चैत २०८१, १२ : २७
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापना भएको ३२ वर्षपछि आफ्नै भवनमा सरेको छ । काठमाडौँको सिफलमा आफ्नै भवन खरिद गरेर औपचारिक रूपमा कार्यालयमा सरेको हो ।

चार करोड ५३ लाखमा खरिद गरेको भवनको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले संघको भवन स्थापना हुँदा व्यवसायीहरूको आवाजलाई अझ बलियो बनाउन र समाजको भलाइका लागि काम गर्न महत्त्वपूर्ण साबित हुने बताएका थिए ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा उपलब्धिमूलक काम गर्न सकेकोमा गर्व महसुस भएको बताए । उनले सबै व्यवसायीको साझा काम भएको भन्दै भवनको विषयलाई लिएर आलोचना नगर्न समेत अनुरोध गरे ।

भवन खरिदका मेनपावर व्यवसायीहरू तथा संघ संस्थाहरूले आर्थिक सहयोग गरेका थिए । संघको कार्यालय खरिदका लागि द रिभर ओभरसिज प्रालि एक्लैले १४ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

संघ स्थापना भएको ३२ वर्षसम्ममा भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको थियो । काठमाडौँ सिफलस्थित ६ आना एक दाममा निर्मित ४ तल्ले भवन खरिद गरेको थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप