बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

यस्तो छ ‘अञ्जिला’ को गीत ‘यो देशको झण्डा’

मङ्गलबार, २६ चैत २०८१

काठमाडौं । चलचित्र ‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ । लोकराज अधिकारीको शब्द रहेको सार्वजनिक गीतमा हरि लम्सालले संगीत दिएका छन् ।  गायिका बबिना किराँतीको स्वरमा रहेको गीत निकै ऊर्जाशील र प्रेरणादायी छ । गीत खेलकुद क्षेत्रमा विशेष हुने निर्देशक मिलन चाम्सले बताए ।

गत फागुन २९ बाट प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ले चौथो सातामा पनि राम्रो ब्यवसाय गरिरहेको छ । यो गति फिल्म रिलिज भएपछि मात्र युट्युबमा ल्याइएको हो ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा निर्माण भएको चलचित्रमा उनको संघर्ष र सफलताको कथा छ । चलचित्रका निर्माता  प्रेमकुमार श्रेष्ठ हुन् । 

चलचित्रमा एन्जिलाकै मुख्य भूमिका छ । उनको अलावा  प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया