एक रातमै सीमित भयो वैवाहिक जीवन, एकाबिहानै नववधूको मृत्यु
मङ्गलबार, २६ चैत २०८१, १० : २९

काठमाडौँ । बिहेपछि जीवनको नयाँ अध्याय सुरु हुन्छ । कतिपयको हकमा दाम्पत्य जीवन राम्ररी अनुभूति नै गर्न नपाउँदै दुखान्तमा परिणत भइसकेको हुन्छ ।
यस्तै अपवादको एउटा घटना भारतमा भएको हो । बिहार राज्यको वैशालीमा मंगलबार बिहान एक नववधूसहित चार जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान जंदाहा–समस्तीपुर मेन रोडमा पर्ने पनसलवा चोक नजिकै एउटा कार र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चार जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
मृतकमा नववधू पनि रहेको बताइएको छ । विवाह सकेर बेहुली लिएर फर्किएको गाडी दुर्घटना भएको हो । अघिल्लो दिन बिहे गरेर बेहुलीसहित घर फर्किंदै गरेको अवस्थामा एकाबिहानै कार दुर्घटनामा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै