शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो

मङ्गलबार, २६ चैत २०८१, ०९ : ३०
मङ्गलबार, २६ चैत २०८१

टोकियो । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अरू अतिरिक्त भन्सार महसुल लगाउने चेतावनी दिएका थिए । तर ट्रम्पको चेतावनी बेअसर देखिएको छ । 

मंगलबार बिहान जापान र दक्षिण कोरियाको सेयर बजारमा थोरै वृद्धि देखिएको छ । सोमबार यी दुवै देशका बजारहरू उच्च गिरावटका साथ बन्द भएका थिए । 

चीनले अमेरिकामाथि लगाइएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता लिएन भने मंगलबारदेखि चीनमाथि अरू अतिरिक्त भन्सार महसुल लगाइनेछ भनेर ट्रम्पले भनेका थिए । 

मंगलबार, जापानमा निक्केई २२५ सूचकांक र दक्षिण कोरियाको कोस्पी सूचकाङ्कमा सोमबारको तुलनामा लगभग २ प्रतिशतले बढेका छन् । अस्ट्रेलियामा  एसएन्डपी/एएसएक्स २०० पनि थोरै वृद्धिका साथ खुलेको थियो । 

चीनमा सांघाई कम्पोजिट इन्डेक्स शून्य दशमलव ७२ प्रतिशतले बढेको थियो । हङकङमा हाङ्सेङ पनि २ दशमलव शून्य ८ प्रतिशत माथि उक्लिएको थियो । भारतमा पनि निफ्टी १ दशमलव १० प्रतिशतले बढेको थियो । 

सोमबार ट्यारिफ सम्बन्धी ट्रम्पको अभिव्यक्तिको  प्रभावले विश्वभरका सेयर बजार राताम्मे बनेका थिए । एसिया र युरोपका बजारहरूले ठुलो कमी बेहोरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप