सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वायु प्रदूषणका कारण उडानहरू प्रभावित

मङ्गलबार, २६ चैत २०८१, ०८ : ३५
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुँदा केही उडानहरू समयमा हुन नसकेको हो । 

जसअनुसार काठमाडौँबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज डिले भएको छ । यस्तै यती एयरलाइन्सको पोखरा उड्नुपर्ने जहाज र बुद्ध एयरको भरतपुर उड्नुपर्ने जहाज पनि डिले भएको छ । यस्तै बुद्ध एयरकै पोखरा उड्नुपर्ने जहाज, यतीको पोखरा नै उड्नुपर्ने अर्को जहाज पनि डिले भएका छन् । 

आज श्री एयरलाइन्सको माउन्टेन फ्लाइट, नेपाल एयरलाइन्सको रुकुम उडान भने सफल भएको छ । 

यस्तै अन्तराष्ट्रितर्फका केही उडान पनि ढिले भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप