मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

आयुष्मान खुरानाकी पत्नीलाई फेरि स्तन क्यान्सर

मङ्गलबार, २६ चैत २०८१, ०७ : ४६
मङ्गलबार, २६ चैत २०८१

मुम्बई । अभिनेता आयुष्मान खुरानाकी पत्नी तथा फिल्म निर्माता ताहिरा कश्यप फेरि एकपटक स्तन क्यान्सरसँग लड्दै छिन् । सोमबार उनले इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै आफ्नो स्वास्थ्यको बारेमा यो जानकारी दिएकी हुन् ।

ताहिराले सात वर्षपछि फेरि स्तन क्यान्सर भएको बताइन्। २०१८ मा, उनले पहिलो पटक यो रोगलाई पराजित गरेकी थिइन्। अब उनी यसलाई 'राउन्ड २' भन्दै छिन् र उही सकारात्मक मनोवृत्तिका साथ यसको सामना गरिरहेकी छिन्।

tahirakashyapbreastcancerrelapse_1744012014

पोस्टमा ताहिराले लेखेकी छिन्, ‘सबैलाई नियमित म्यामोग्राम गराउन सिफारिस गर्छु। मेरो लागि दोस्रो चरण... तर अझै पनि हिम्मत छ।’

रोचक कुरा के छ भने, उनले यो पोस्ट विश्व स्वास्थ्य दिवसमा साझा गरेकी थिइन् । उनले सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्न जे गर्न सक्छन् त्यो गर्नुपर्छ भनेर सुझाएकी छन् ।

मानिसहरूले उनको जोश र हिम्मतको को प्रशंसा गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप