बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

गणेशजीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल

मङ्गलबार, २६ चैत २०८१, ०५ : ५५
मङ्गलबार, २६ चैत २०८१

श्री गणेशाय नमः 
आज विक्रम संवत २०८१ साल चैत्र २६ गते,  मंगलबार । ईश्वी सन् २०२५ अप्रिल ८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र शुक्लपक्ष । तिथि–एकादशी, ४४ घडी २३ पला, बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–अष्लेषा, १२ घडी ३१ पला, बिहान १० बजेर ४९ मिनेट उप्रान्त मघा । योग–शूल, ३७ घडी ९ पला, बेलुकी ८ बजेर ४१ मिनेट उप्रान्त गंड । करण– वणिज, बिहान ११ बजेर २८ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त बव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कर्कट, बिहान १० बजेर ४९ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २४ मिनेट । दिनमान ३१ घडी २८ पला ।

आजको बार बेला, 

  • बिहान ५ बजेर ४९ मिनेटसम्म रोग बेला ।
  • बिहान ५ बजेर ५० मिनेटदेखि बिहान ७ बजेर २४ मिनेटसम्म उद्धेग बेला ।
  • बिहान ७ बजेर २५ मिनेटदेखि बिहान ८ बजेर ५८ मिनेटसम्म चर बेला ।
  • बिहान ०९ बजेर  ५९ मिनेटदेखि बिहान १० बजेर ३२ मिनेटसम्म लाभ बेला ।
  • बिहान १० बजेर ३३ मिनेटदेखि बिहान १२ बजेर ७ मिनेटसम्म अमृत बेला ।
  • मध्यान्ह १२ बजेर ८ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म काल बेला ।
  • दिउँसो १ बजेर ४२  मिनेटदेखि दिउँसो ३ बजेर १५ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो ४  बजेर १६ मिनेटदेखि बेलुकी ४ बजेर ५० मिनेटसम्म रोग बेला ।
  • बेलुकी ४ बजेर ५१ मिनेटदेखि बेलुकी ७ बजेर ५० मिनेटसम्म काल बेला ।

नोट  : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ३ बजेर १५ मिनेटदेखि बिहान  ४ बजेर ४९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर १४ मिनेटदेखि बिहान ५ बजेर २ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मन परेको मानिसबाट विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समहति जुट्नेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । वंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । अध्ययन वा  कामको सवालमा यात्राको योग रहेकोछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरु गर्न  सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद विक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृड हुनेछ भने प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाल प्रतिष्ठामा बृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै विस्तारै नयाँ काम बन्नेछन् । छिमेकिहरु माझ राम्रो कामगरी प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाई तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । यात्रा, मनोरञ्जनन तथा खानपानमा समय व्यतित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । सांगीतिक यात्राको प्रवल योग रहेकोछ । अध्ययन वा कामको शिलशीलामा लामो दुरीको यात्राको योग रहेकोछ ।

सिहं (मा,म,मू,मे,मो,टा,टी,टू,टे) क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । विदेशमा बसेर काम  वा अध्ययन गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था, एनजीओ तथा आईएनजीओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । विदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागि दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धिमूल कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अर्थ संग्रह गर्न सकिने हुँदा व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुबा वा बुबा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुने समय रहेकोछ । पैत्रिक धन तथा प्राकृतिक स्रोतको परिचालन गरि आम्दानी गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ । उत्पादनमूलक क्षेत्रमा लगानी गरी प्रसस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यापार वा  शेयरबजारबाट नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय राम्रो रहेकाले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रसस्त सम्भावना रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि  समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यतित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रशन्न हुनेछ ।
 
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकाले नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । र, पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईंको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप