मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय
आन्दोलन

आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन : यी स्थानमा सडक डाइभर्सन गरिने

प्रदर्शनमा आउनेका लागि पार्किङ गर्न पाउने स्थान तोकियो
मङ्गलबार, २६ चैत २०८१, ०५ : ५०
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा प्रदर्शन गर्दैछ । 

विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति समेत लिइसकेको छ । शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूले पनि प्रदर्शन गर्दैछन् । 

यसैबीच सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको छ । 

यी हुन् डाइभर्सन गरिने स्थानहरू

  • खसिबजार – मकालु – कलङ्की चोक– बाफल
  •  बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
  •  कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
  • आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
  •  त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला,
  • चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।

कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू :–

  •  टियू गेट देखी चोभार सडक
  •  सानेपा करिडोर सडक (दुबै तर्फ)
  •  चोभार सुख्खा बन्दरगाह
  •  नयाँ बसपार्क
  •  सीतापाइला – बाफल सडक खण्डमा एक लाइन

त्यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी र लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाएको ट्राफिक प्रहरीले जनाएको छ । 

कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप