मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
सोमबार, २५ चैत २०८१, २३ : ०६

पोखरा । खराब मौसमका कारण छेन्दुबाट पोखराका लागि मङ्गलवार हुने भनिएको उडान रद्द गरिएको छ । मौसम अहिले निकै खराब छ । तुवाँलोका कारण नजिकैको दृश्य पनि देखिँदैन । जसका कारण पोखराबाट हुने उडान र पोखरामा हुने अवतरण समेत दैनिक प्रभावित भइरहेको छ ।
चीनको छेन्दुबाट मंगलबारका लागि सिचुआन जहाजले उडान भर्दै थियो । छेन्दुबाट पर्यटक लिएर पोखरा आउने र पोखरामा रहेका चिनियाँ पर्यटक लिएर जाने मंगलबारको तालिका थियो । उक्त उडान मौसम सफा भए २७ गते हुने एयरलाइन्स कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
-
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद
-
ओली कुटनीति : सन्तुलन कि अलमल ?
-
चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो
-
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
-
मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज