भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
सोमबार, २५ चैत २०८१, २१ : ५३

नयाँ दिल्ली । भारतमा घरेलु ग्यास सिलिन्डर मूल्य ५० रुपैयाँ भारुले महँगिएको छ । आज सोमबार पेट्रोल मन्त्री हरदीप सिंह पुरीले यसबारे जानकारी दिएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
हाल दिल्लीमा प्रतिसिलिन्डर ८०३ रुपैयाँ भारुमाउपलब्ध छ । मूल्यवृद्धिपछि सिलिन्डरको मूल्य ८ सय ५३ रुपैयाँ हुनेछ भने उज्ज्वला योजनाका लाभार्थीका लागि ग्यास सिलिन्डरको मूल्य ५ सयबाट बढेर ५५० रुपैयाँ हुनेछ ।
पछिल्लो पटक भारत सरकारले ८ मार्च २०२४ मा महिला दिवसका दिन सिलिन्डरको मूल्य १ सय रुपैयाँ घटाएको थियो। त्यसबेला दिल्लीमा सिलिन्डरको मूल्य ९०३ रुपैयाँ थियो।
किन बढाइयो ?
मूल्यवृद्धिबारे पेट्रोलियम मन्त्रीले भने, 'मूल्यभन्दा कम सिलिन्डर बिक्री गर्दा तेल मार्केटिङ कम्पनीहरूले झण्डै ४१ हजार करोड भारु घाटा बेहोरेका छन् । यो घाटा कम गर्न मूल्यवृद्धि गर्ने निर्णय भएको हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक
-
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाउन शिक्षाका लागि राष्ट्रिय अभियानको माग