१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म

आज २०८१ चैत २५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रवि लामिछाने भैरहवा कारागारको ४ नम्बर ब्लकमा, माओवादीको ८ बुँदे सर्कुलर, दुर्गा प्रसाईंका दाइ र एनी कुँवर पक्राउ, शिक्षकका मागबारे प्रधानमन्त्रीले गरे छलफल, मन्त्रिपरिषद बैठकमा मोबाइल लैजान रोक, सार्वजनिक सवारी साधनमा जीपीएस लगाइने लगायत छन् ।
१. रवि लामिछाने भैरहवा कारागारको ४ नम्बर ब्लकमा
सहकारीको रकम हिनामिना लगायतका मुद्दामा उच्च अदालतको आदेश अनुसार कारागार चलान भएका रवि लामिछानेलाई भैरहवा कारागारको ४ नम्बर ब्लकमा राखिएको छ । उनलाई सोमबार अदालतमा पेस गरी कारागार पठाइएको हो ।
२. माओवादीको ८ बुँदे सर्कुलर
नेकपा माओवादी केन्द्रले मातहतका कमिटीमा ८ बुँदे सर्कुलर गरेको छ । चैत १८ र १९ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को निर्णयअनुसार मातहतका कमिटीमा आइतबार ८ बुँदे सर्कुलर पठाइएको हो ।
३. दुर्गा प्रसाईंका दाइ र एनी कुँवर पक्राउ
तीनकुने घटना सम्बन्धमा दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । सोही घटनामा अभिनेत्री एनी कुँवरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
४. शिक्षकका मागबारे प्रधानमन्त्रीले गरे छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा सोमबार सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।
५. मन्त्रिपरिषद बैठकमा मोबाइल लैजान रोक
मन्त्रिपरिषद बैठकमा मोबाइल लैजान रोक लगाइएको छ । मन्त्रिपरिषद बैठकका निर्णय तत्कालै बाहिरिने गरेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।
६. सार्वजनिक सवारी साधनमा जीपीएस लगाइने
सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जीपीएस) प्रणाली लागु गर्ने भएको छ । विगत लामो समयदेखि चर्चा हुँदै आएको तर हालसम्म लागु हुन नसकेको अवस्थामा अब भने सरकार तीव्रताका साथ लागि परेको हो ।
७. संविधान संशोधनको मुद्दा ओझेलमा
सरकारलाई भूमिसम्बन्धी अध्यादेशको झट्का लागेसँगै संविधान संशोधनको मुद्दा ओझेलमा परेको छ । अध्यादेशमा सरकारको पक्षमा सामान्य बहुमत पुर्याउनै सकस परेको अवस्थामा संविधान संशोधनका लागि दुई तिहाइ बहुमत पुर्याउन थप कठिन हुने भएपछि यो मुद्दाबाट सरकार र सत्तारुढ दल हच्किन पुगेका छन् ।
८. राप्रपाले भोलि बल्खुमा विरोध प्रदर्शन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार बल्खुमा विरोध प्रदर्शन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपमा प्रदर्शन गर्न नदिएपछि राप्रपाले बल्खु रोजेको हो ।
९. काठमाडौँ महानगरका कर्मचारीले बल्ल पाए तलब
काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले रोकिएको तलब पाएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलब पाएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए ।
१०. कोशीले कसरी भित्र्याउला पर्यटक ?
कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाउने भएको छ । पर्यटक भित्र्याउन प्रदेश सरकारले के–कस्ता योजना बनाएको छ भन्नेबारे रातोपाटीले विशेष सामग्री बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद
-
ओली कुटनीति : सन्तुलन कि अलमल ?
-
चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो
-
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
-
मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज
-
बार निर्वाचन : दोस्रो दिनको मतगणना सुरु, ६ वटा केन्द्रको गनिँदै