कोहली र पाटिदार चम्किँदा बेंगलुरुले मुम्बईलाई दियो २२२ रनको लक्ष्य
सोमबार, २५ चैत २०८१, २१ : २८

काठमाडौँ । जारी आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्सलाई २२२ रनको विजयी लक्ष्य दिएको छ ।
बेंगलुरुले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा २२१ रन बनाएको हो ।
वाङ्खडे स्टेडियममा विराट कोहली र कप्तान रजत पाटिदारले उत्कृष्ट अर्धशतकीय पारी खेले । कोहलीले ४२ बलमा ६७ रन बनाए भने पाटिदारले ३२ बलमा ६४ रन बनाए । टस जितेर ब्याटिङको निम्तो दिएको मुम्बईका लागि ट्रेन्ट बोल्ड र हार्दिक पाण्ड्याले समान २/२ विकेट लिए । त्यस्तै देवदत्त पाडिक्कलले २२ बलमा ३७ रन बनाए ।
आज जसप्रित बुमराह सिजनको पहिलो खेल खेलिरहेका छन् । रोहित शर्माले पनि पुनरागमन गरेका छन् । बेंगलुरुले अन्तिम खेलको प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण
-
दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको राजेन्द्र लिङ्देनको आरोप
-
लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय : सभामुख घिमिरे
-
सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव
-
राप्रपाको आन्दोलन, झण्डाको व्यापार, तस्बिरहरू
-
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य