हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान

काठमाडौँ । कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ । ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य–क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्वज्योति पाण्डुलिपि पुरस्कार’ जितेको उक्त सङ्ग्रह आज सार्वजनिक गरिएको हो ।
ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा रजनी ढकाल, कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ र उषा शेरचनले कृति सार्वजनिक गरेका हुन् । सङ्ग्रह साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । पुस्तकको मूल्य रु ३०० रहेको छ ।
कैलालीका कवि शिशिर विगत डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन् । यसैगरी ‘एपेक नेपाल’ द्वारा यसै वर्षदेखि अर्पण गर्नेगरी स्थापना भएको ‘विश्व–ज्योति काव्यसमान’ पहिलो पटक वरिष्ठ कवि उषा शेरचनलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
वि.सं. २०१२ सालमा पोखरामा जन्मिएकी कवि उषा शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित भइसकेका छन् । ‘विश्वज्योति काव्य समान’ मा सम्मान पत्रसहित नगद रू ५१ हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’
-
अफगानिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
शिक्षक आन्दोलनमा नेविसंघको ऐक्यबद्धता