प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै, हजारौँ जनमास उतार्ने तयारी
सोमबार, २५ चैत २०८१, २१ : ०९

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार सिरहा आउने भएका छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न सिरहा आउन लागेका हुन् ।
सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा हुने जिल्ला अधिवेशनमा १७ वटै पालिकाबाट हजारौँको संख्यामा जनमास उतार्ने तयारी पूरा भएको जिल्ला सचिव उग्रनारायण यादवले जानकारी दिए ।
उनले भने, ‘हामी अहिले पनि अधिवेशनकै तयारीका काममा छौँ। पार्टी अध्यक्ष नै आउने भएकाले ४० देखि ५० हजार मास उतार्ने गरी तयारी गरिरहेका छौँ।’
जिल्ला अधिवेशनको मुखैमा आए पनि सबै प्रतिनिधि, पर्यवेक्षकको नामावली आइनसकेको सचिव यादवले जानकारी दिए ।