सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

योगासाना च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक

सोमबार, २५ चैत २०८१, २० : २८
सोमबार, २५ चैत २०८१

काठमाडौँ । नेपालले १६ औँ विश्व योगासना च्याम्पियनसिपमा २ स्वर्णसहित ६ पदक जितेको छ ।

नेपालले थप १ रजत र ३ कांस्य पदक पनि जितेको छ । 

मलेसियाको क्वाललम्पुरमा चैत २३ र २४ गतेसम्म भएको प्रतियोगितामा ९ देखि ११ वर्ष उमेर समूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेर समूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते । ९ देखि ११ वर्ष उमेरसमूहमा अमिष पटेलले रजत पदक प्राप्त गरे । 

सोही उमेरसमूहमा किरन मगर र संस्कृति चौलागाईं तथा १५ देखि १७ वर्ष उमेर समूहमा सुन्दर सार्कीले कास्य पदक प्राप्त गरेका छन् ।

२३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप