बार निर्वाचन अपडेटः श्रेष्ठभन्दा मिश्र २७३ मतले अगाडि, बाँकी गणना भोलिदेखि

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको ११ सय ५० भन्दा बढी मत गणना सम्पन्न भएको छ ।
हालसम्मको मत परिणामअनुसार बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र २७३ मतले अगाडि छन् । उनले ७०७ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले पाएको मत ४३४ रहेको छ ।
अध्यक्षका उम्मेदवारहरू राजु कैतीले ५, उज्वल घिमिरेले २ र आशीष पौडेलले ६ मत प्राप्त गरेका छन् । यसैगरी मिश्र प्यानलका महासचिव उम्मेदवार केदारप्रसाद कोइरालाले ७१२ मत प्राप्त गरेका छन् भने श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले ३७५ मत पाएका छन् । महासचिव उम्मेदवार हरिशरण कार्कीले पाएको मत २७ छ ।
आज झापा, बारा, मोरङ, इलाम, विराटनगर, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिराह, सर्लाही र रौतहट गरी १२ वटा मतदान केन्द्रको मतगणना भएको छ ।
बाँकी मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा