बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

राजतन्त्रको अन्त्य भइसक्यो, अब जिउँदो भएर आउँदैन : लेखराज भट्ट

सोमबार, २५ चैत २०८१, २० : ०३
सोमबार, २५ चैत २०८१

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सोमबार अत्तरियामा आयोजित १४ औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सचिव भट्टले राजतन्त्रको अन्त्य भइसकेकाले अब राजतन्त्र जिउँदो भएर आउन नसक्ने बताएका हुन् । उनले वर्तमान लोकतान्त्रिक गणतन्त्रमा केही कमी कमजोरीहरू रहेको स्वीकार गर्दै ती कमजोरीको समीक्षा गरेर सुधार गर्न आवश्यक रहेको बताए । 

सचिव भट्टले समस्याको समाधान संवाद र छलफलबाटै हुने उल्लेख गर्दै  इतिहासले यिनै उपायबाट समाधान निकालेको देखाएको बताए । वर्तमान सरकारले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो ।

स्थानीय सरकारमार्फत पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सचिव भट्टले १५ दिन लाग्ने काम एक दिनमै सकिने अवस्था आएको बताए ।

फास्ट ट्रयाक जस्ता ठूला परियोजनाले गति लिइरहेको जिकिर गर्दै सचिव भट्टले पञ्चायतकालमा भएका विकास निर्माण र अहिले भएका कामको तथ्याङ्कका आधारमा समीक्षा गर्न जरुरी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप