पाटन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश
सोमबार, २५ चैत २०८१, १९ : १४

काठमाडौं । पाटन क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। अनेरास्ववियुका सभापतिका उम्मेदवार तिलकबहादुर कुमालले दायर गरेको रिटमा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरन्त श्रेष्ठको संयुक्त इजलाशले तत्काल निर्वाचन गर्न आदेश आदेश दिएको हो ।
त्रिविकाे निर्देशन अनुसार १५ दिनभित्र निर्वाचनसम्बन्धि प्रकृया अगाडि बढाएकाे देखिएकाे भन्दै यथासिघ्र गर्न भनेकाे हाे । उच्च अदालतले क्याम्पसको चैत १६ मा प्रकाशित निर्वाचन स्थगत सम्बन्धी सूचनामा निर्वाचत स्थगित गर्नुपर्नेसम्मको वस्तुनिष्ट आधार र कारण नखुलेको अदालतकाे आदेशमा उल्लेख छ।
चैत १६ को सूचना कार्यान्वयन नगर्न तथा तत्काल स्ववियु निर्वाचन गर्न आदेश दिएको हो । चैत ५ मा १०० मत खसेपछि विद्यार्थी संगठनहरूले निर्वाचन विथाेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय
-
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
-
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा