उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

विराटनगर । नौदिने चीन भ्रमणमा निस्किएका मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई दिएका छन् ।
उपाध्यक्ष गुणवतीदेखि थारूसँग राम्रो सम्बन्ध नभएको कारण उनले भगतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ । माझी नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माको नेतृत्वमा मंगलबारदेखि नौदिने चीन भ्रमणमा जाँदैछन् ।
भ्रमणमा निस्कनुअघि कार्यालयका कर्मचारीहरूले उनलाई सोमबार खादा, माला र अबिर लगाएर बिदाइ गरेका थिए । माझीलाई कर्मचारीले भ्रमणको शुभकामना दिइँरहँदा सँगै जोडिएको कार्यकक्षमा रहेकी उपाध्यक्ष थारू भने सहभागी थिइनन् ।
उपाध्यक्षसहित नेकपा एमालेका जनप्रतिनिधिहरूको बहुमत रहेको ग्रामथानमा माओवादी केन्द्रबाट माझी गत उपनिर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । कार्यवाहक दिइएका रमेश भने माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य