बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का निर्वाचित

सोमबार, २५ चैत २०८१, १८ : ४३
सोमबार, २५ चैत २०८१

सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित भएका छन् । वैशाख ६ गते निर्वाचन कार्यतालिका रहेपनि अध्यक्षमा उनको एकल उम्मेदवारी परेको छ । 

उनी नेपाली कांग्रेस निकट व्यवसायी हुन् ।  अध्यक्षमा दीपेन्द्र ढकाल लगायतका व्यवसायीहरु थिए । तर सँधै चर्चाको शिखरमा रहिरहने र भड्किलो हुने प्रचार हुने भएपछि यो पटक व्यवसायीहरुबिच निकै मेहनतका बाबजुद एकल उम्मेदवारी मात्रै परेको निवर्तमान अध्यक्ष लक्ष्मण कँडेलले बताए । 
‘उहाँको एकल उम्मेदवारी परेको छ, निर्वाचित भइसक्नुभयो,’ उनले भने, ‘घोषणा हुन बाँकी छ ।’

अन्य पदका लागि भने वैशाख ६ गते निर्वाचन हुँदै छ । यद्यपि सबै पदमा निर्विरोध गराउने गरी तयारी भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप