बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?

सोमबार, २५ चैत २०८१, १७ : ४२
सोमबार, २५ चैत २०८१

काठमाडौँ । ‘वसन्त’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । प्रकाश सपुतको निर्देशन रहेको फिल्मले जातीयताको कथा उठाएको छ । दर्शकलाई कलाकारको रूपमा फिल्मले आश्चर्य तुल्याएको छ । फिल्मको निर्माणदेखि प्रदर्शन अगाडिसम्म कहिल्यै प्रचार नगरिएका कलाकार फिल्ममा देख्न सकिन्छ । 

जसमा राजेश हमाल, दिलीप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की र सुरक्षा पन्तलाई फिल्ममा देख्न सकिन्छ । उनीहरूसँगै लोकदोहोरीकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी समेतलाई देख्न सकिन्छ । ‘वसन्त’ मा यति धेरै चर्चित कलाकारको अभिनय रहे पनि निर्देशक तथा अभिनेता प्रकाश सपुतले यसबारे प्रदर्शन अघि सबै कुरा लुकाएका थिए । तर किन ? उनले केही खुलाएको छैनन् ।

फिल्म रिलिज पश्चात यी कलाकारको दृश्यको भिडियो क्लिप टिकटकमा समेत आइरहेको छ । कतिपयले यति धेरै कलाकारको विशेष भूमिकामा रहे पनि निर्देशक तथा अभिनेता प्रकाशले किन रिलिज अघि खुलाउन चाहेनन् भन्ने चासो समेत सामाजिक सञ्जालमा ब्यक्त गरिरहेका छन् ।

प्रदर्शनअघि यी कलाकारको बारेमा जानकारी दिएको भए फिल्मको व्यवसायमा समेत राम्रो प्रभाव पार्थ्याे ।  फिल्मको प्रचारमा भने प्रकाशका अलवा स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभातपाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको मात्र चर्चा गरियो ।

मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता भने वीरेन्द्रनारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप