मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

सिनामंगलबाट लाखौँको धनमाल चोरी

सोमबार, २५ चैत २०८१, १७ : ३१
सोमबार, २५ चैत २०८१

काठमाडौँ । काठमाडौँको सिनामंगलबाट ११ लाख बढीको धनमाल चोरी भएको छ । आइतबार राति काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित टिम्बर ग्रुप अफ इण्डष्ट्रीको कार्यालयबाट  ११ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । 

प्रहरीको अनुसार सो इण्डष्ट्रीबाट ल्यापटप ३ थान, मोबाइल ३ थान, नगद ४ लाख ६० हजार रुपैयाँ र अन्य सरसामान समेत गरी करिब ११ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप