मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

नेपाल–भारतबिचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

सोमबार, २५ चैत २०८१, १७ : १९
सोमबार, २५ चैत २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिएका छन् । 

गणेशमान सिंह फाउन्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै उनले जुनसुकै पार्टीको सरकार भएपनि दुवै देशको हित हुनेगरी अगाडि बढ्नुपर्ने बताए । 

 उपप्रधानमन्त्री सिंहले नेपाल–भारतबीचको सम्बन्ध सुदृढ गर्नुमा भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भुमिका अत्यन्त महत्वपूण रहेको समेत बताए । 
उनले भने, ‘नेपाल–भारतबीचको जुन सम्बन्ध छ । सरकार जेसुकै होस् जसको होस् । भारतमा होस् वा नेपालमा जुनसुकै पार्टीको सरकार होस् । दुवै देशबीचको सम्बन्ध मजबुत र सन्तुलित राख्यौं भने दुवै देशको हित हुन्छ । दुवै देशको हित हुने कुरामा हामी सबैले जोड दिनुपर्छ ।’

गणेशमान सिंह र भारतीय चन्द्रशेखरबीचको सुमधुर सम्बन्ध र चरित्रका कारण नेपाल–भारतबीचको सम्बन्ध सुदृढ हुन पुगेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप