खैरो हेरोइनसहित दुई जना पक्राउ
सोमबार, २५ चैत २०८१, १७ : १४

मोरङ । मोरङमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । सोमबार विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बेलाबारी नगरपालिका–८ बस्ने २८ वर्षीय मिलन थापा र ३९ वर्षीय केशरकुमार मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरिएको जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको समेत जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी नदीमा डुबेर दुई दिदी-भाइ बेपत्ता
-
अछाममा भीषण आगलागी, सात पसल पूर्णरूपमा जले
-
प्रियांशको शतक, चेन्नाईसामु २ सय २० रनको लक्ष्य
-
बार निर्वाचन : काठमाडौँ, पाटन र ललितपुर बाहेकको गणना सकियो
-
भिरबाट खसेको ढुङ्गाले लागेर एक्साभेटर चालक सुकबहादुरको मृत्यु
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह