शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

दादुराका कारण अमेरिकामा दोस्रो बालकको मृत्यु

सोमबार, २५ चैत २०८१, १६ : ५०
सोमबार, २५ चैत २०८१

वासिङ्टन डीसी । अमेरिकामा दादुराका कारण एक बालकको मृत्यु भएको छ । पश्चिम टेक्सासमा दादुराको प्रकोप बढ्दै गर्दा यसका कारण दोस्रो बालकको पनि मृत्यु भएको हो ।

मृत्यु हुने बालकलाई दादुरा विरुद्धको खोप लगाइएको थिएन । बालक विद्यालय जाने उमेरको भएको र उनमा कुनै पनि स्वास्थ्य समस्या नभएको बताइएको छ ।

दादुराका कारण समस्या जटिल हुँदै गएपछि बालकलाई अस्पतालमा भर्ना गरिएको यूएमसी हेल्थ सिस्टमका उपाध्यक्ष आरोन डेभिसले बीबीसीलाई भने । उपचारको क्रममा बालकको मृत्यु भएको हो । 

आइतबार अमेरिकाका स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी टेक्ससको भ्रमणमा गएका थिए । हालैका हप्तामा अमेरिकामा दादुराका कारण तेस्रो व्यक्तिको मृत्यु भएको समयमा केनेडी टेक्सस पुगेका थिए । मार्चको सुरुमा न्यु मेक्सिकोमा एक वयस्कको पनि दादुराकै कारण मृत्यु भएको थियो ।

यतिबेला अमेरिकाले ३० वर्षयताकै सबैभन्दा खराब दादुराको प्रकोप भोगिरहेको छ । टेक्ससमा मात्रै दादुरा सङ्क्रमितको सङ्ख्या ४८० पुगेको छ । प्रकोप छिमेकी राज्यमा समेत सरेको छ । यो वर्षको अहिलेसम्मको अवधिमा अमेरिकामा ६०० भन्दा धेरै दादुरा सङ्क्रमित भेटिइसकेका छन् । गएको वर्षको सोही अवधिमा यो सङ्ख्या २८५ मात्रै थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप