अमेरिकामा बालिकाहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हान्यो गोली

वासिङटन डीसी । अमेरिकामा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले गोली हानेको छ ।
आइतबार बिहान अमेरिकाको न्युयोर्कको ब्रुकलिनमा रहेको आफ्नै घरमा ४९ वर्षीय एक पुरुषले ८ देखि १६ वर्ष उमेरका चार बालिकामाथि चक्कु र मासु काट्ने धारिलो हतियारले आक्रमण गरेका थिए ।
बालिकाहरू आक्रमणकारीका आफन्त भएका समाचारहरूमा उल्लेख छ । ती सबै गम्भीर घाइते भएका छन् । तर, यिनीहरूको ज्यान बचेको अधिकारीहरूले बताएका छन् । आक्रमणपछि ११ वर्षीया बालिकाले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् ।
प्रहरी घटनास्थलमा पुग्दा संदिग्ध व्यक्ति ढोकामा रगतले लतपतिएको हतियारको साथमा फेला परेका थिए ।
प्रहरीले उनलाई हतियार फ्याँक्न भनेका थिए । तर उनले हतियार फ्याक्न मानेनन् अनि उल्टै प्रहरी भएको ठाउँतिर लागे । त्यसपछि प्रहरीले उनलाई रोक्न गोली चलाउनुपरेको जनाएको छ । अभियुक्तलाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले घरबाट दुई वटा धारिलो हतियार बरामद गरेको छ । यस विषयमा अनुसन्धान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा