शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

बार निर्वाचनः ३५० मत गणना हुँदा मिश्रको अग्रता

सोमबार, २५ चैत २०८१, १६ : ०२
सोमबार, २५ चैत २०८१

काठमाडौँ । कानुन व्यवसायीहरूको छता संगठन नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको जारी मतगणना जारी छ । 

जसअनुसार बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले ११० मतले अग्रता लिएका छन् ।

झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा र विराटनगर केन्द्रको ३५० मत गणना हुँदा मिश्रले २३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी व्यवसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले १२० मत प्राप्त गरेका छन् ।

बारको केन्द्रीय कार्यालय काठमाडौँस्थित विभिन्न तीन स्थानमा मतगणना भइरहेको छ । 

शनिबार सम्पन्न निर्वाचनमा देशभर योग्य मतदाता ९ हजार ९९७ रहेकोमा ७ हजार ९९५ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप