शिक्षकहरूका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन अवस्था अझै पार भैनसकेको बताएका छन् । सोमबार काठमाडौँमा भएको ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘संक्रमणकालीन अवस्था अझै पार भैसकेको छैन भन्ने कुरा पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भनिराख्या छ हामी सुनिरहेका छौ’, प्रधानमन्त्री ओलीले भने,‘त्यो एउटा प्रमाण हो ।’
पूर्व राजा ज्ञानेन्द्र शाहले फागुन ७ का अवसरमा दिएको अभिव्यक्तितर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अरू केही प्रवृत्ति पनि रहेको बताए । ‘त्यस्ता प्रवृत्तिहरू । ति पनि छ्यालव्याल पोखिने गरेका छन् । मौसम त्यस्तो हुँदोरहेछ । अलि ठुलो हावा चल्यो भने बलियो रुख त रहला तर हाँगाविगा हावासँगै ढल्किन्छन् ।’
उनले अहिले शिक्षक आन्दोलन चलिरहेको भन्दै किन चलाएको हो ? भनेर प्रश्न समेत गरे ।
‘अहिले शिक्षक आन्दोलन चल्या छ । किन चलाउनुभएको हो शिक्षक साथीहरूले रु मलाई थाहा छैन । म प्रधानमन्त्री छु, भनिराखेको छु । जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनुपर्दैन हामी त्यसको समाधान दिन्छौ’, ओलीले भने, ‘हामी त्यसलाई सम्बोधन गर्न तयार छौ । दु:ख पाउनुपर्दैन, सडकमा गएर सुत्नै पर्दैन भनिराखेका छौ उहाँहरूले किन दु:ख पाउनुभएको हो ?’
प्रधानमन्त्रीले शिक्षकहरू संवादमा आउने बित्तिकै माग सम्बोधन गर्ने पनि बताए । उनले हत्या हिंसा, तोडफोड जस्ता प्रवृत्ति पनि देखिएको भन्दै हातमा कागज लिएर संविधानप्रति कसम खाएकाले पनि संसद्मा आएर यहीँ संविधान मान्दिनँ भन्ने गरेको बताए । ‘कत्रो विरोधाभास छ, इमानको कत्रो खडेरी छ । कति सारो खडेरी हो । यसले संक्रमणकालमै छौ भन्ने हो’, प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले राष्ट्रिय हितको रक्षा र संवर्द्धन महत्त्वपूर्ण विषय रहेको भन्दै सबै छिमेक सम्बन्धहरू न्यायोचित हुनुपर्ने बताए । ‘भूराजनीतिक भन्ने शब्दका आडमा आफ्नै कमजोरी, आफैले आफ्ना कुरा, आफ्नो हित पनि भन्न नसक्ने कुरा र ढाकछोप गर्ने माध्यम बनाउनुहुँदैन’, प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह