सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
मुखमा कालो मास्क लगाएर शिक्षकहरूको मौन प्रदर्शन, तस्बिरहरु
शिक्षकको आन्दोलन

मुखमा कालो मास्क लगाएर शिक्षकहरूको मौन प्रदर्शन, तस्बिरहरु

सोमबार, २५ चैत २०८१

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले शैक्षिक हडताल गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । शिक्षकहरूले सोमबार काठमाडौँको बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । 

teacher protest (1)

काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ । आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौँमा केन्द्रित भएका छन् । उनीहरूले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

teacher protest (2)

आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघले घोषणा गरेको शैक्षिक हडताललाई विभिन्न शिक्षक संघले समेत समर्थन गरेको छ । शैक्षिक हडतालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ । 

teacher protest (3)teacher protest (4)teacher protest (5)teacher protest (6)teacher protest (7)teacher protest (8)teacher protest (9)teacher protest (10)teacher protest (11)teacher protest (12)teacher protest (13)teacher protest (14)teacher protest (15)teacher protest (16)teacher protest (17)teacher protest (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया