मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

बार निर्वाचन : ५० मत गन्दा श्रेष्ठको अग्रता

सोमबार, २५ चैत २०८१, १४ : ५१
सोमबार, २५ चैत २०८१

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । बारको केन्द्रीय कार्यालय काठमाडौँस्थित विभिन्न तीन स्थानमा मतगणना भइरहेको छ । 

पहिलो ५० मत गणना हुँदा अध्यक्ष पदमा रमनकुमार श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले २५ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी प्राडा विजयप्रसाद मिश्रले २२ मत पाएका छन् । 

महासचिवमा केदार कोइरालाले २४ र यज्ञमणि न्यौपानेले १९ मत प्राप्त गरेका छन् ।  उक्त गणना भएको मत उच्च अदालतको  हो । अहिले केन्द्रीय कार्यालयमा झापा, इलाम र विराटनगरको मतगणना भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप