शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा प्रधानमन्त्रीका उम्मेदवारले त्यागे ‘वर्क फर्म होम’ अन्त्य गर्ने योजना

सोमबार, २५ चैत २०८१, १४ : ३०
सोमबार, २५ चैत २०८१

ब्रिसबेन । अस्ट्रेलियामा विपक्षी दलका नेताले सरकारी कर्मचारीलाई घरबाटै काम गर्न दिने योजना अन्त्य गर्ने वाचा गरेका थिए । तर सर्वसाधारणको चर्को आलोचनापछि सोमबार पिटर डुट्टो आफ्नो योजनाबाट पछि हटेका छन् ।

आफ्नो दल लिबरल–नेशनल कोलिशन (एलएनसी) ले गल्ती गरेको भन्दै सोमबार डुट्टोले माफी मागेका थिए । डुट्टो एलएनसीको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार हुन् । अस्ट्रेलियामा मे ३ मा आम निर्वाचन हुँदैछ । 

चुनावी अभियानमा एलएनसीले सार्वजनिक क्षेत्रमा कार्यकुशलता सुधार्न वर्क फर्म होम नीति खारेज गर्ने, हजारौँ रोजगारी कटौती गर्ने जस्ता कदम चाल्ने वाचा गरेको थियो । तर अहिलेको लेबर दलको सरकार समेतका आलोचकहरूले चाहिँ वर्क फर्म होमलाई अन्त्य गर्दा महिला कामदारलाई अप्ठ्यारो हुने भन्दै एलएनसीको नीतिको विरोध गर्दै आएका थिए ।

‘हामीले यसलाई गलत रूपमा लियौँ, र हामी यसका लागि माफी माग्छौँ’ पत्रकार सम्मेलनमा डुट्टोले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप