गाजामा इजरायलको आक्रमण, एक पत्रकारसहित दुई जनाको मृत्यु
सोमबार, २५ चैत २०८१, १४ : ०१

गाजापट्टी । इजरायलले आइतबार मध्यराति गाजामा हवाई आक्रमण गरेको थियो । अस्पताल नजिकै बनाइएका पालहरूलाई लक्षित गरेर गरिएको यो आक्रमणमा एक जना स्थानीय पत्रकार सहित दुई जनाको मृत्यु भएको छ ।
यस आक्रमणमा अरु नौ जना घाइते भएका छन् । घाइते हुनेमा ६ जना पत्रकारहरू रहेको बताइएको छ । मध्यराति २ बजे खान युनिसको नासेर अस्पतालबाहिर सञ्चारकर्मीहरू बस्ने पालमा आक्रमण भएको थियो ।
मर्नेमा प्यालेष्टिनी टुडे न्यूजका पत्रकार यूसेफ अल–फाकावी र अर्का एक पुरुष भएको अस्पतालले बताएको छ । आफूले हमासका सेनामाथि आक्रमण गरेको इजरायली सेनाले भनेको छ ।
यसबाहेक उसले अरु कुनै जानकारी दिएको छैन । आफूले सर्वसाधारणलाई सकेसम्म चोट पुर्याउन नखोज्ने भन्दै इजरायली सेनाले मृत्युको सारा दोष हमासमाथि लगाएको छ ।
अर्काे छुट्टै आक्रमणमा १५ जनाको मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अझै समस्यामा समय, ‘इन्डियाज गट लेटेन्ट’ का सबै प्यानलहरूलाई बोलाइयो
-
तीव्र हावाहुरीले उत्तरी चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
-
शिक्षकहरूको आन्दोलन ११ औँ दिनमा : माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन
-
मनकुमार तामाङ
-
युवा पुस्तामा ट्याटु मोह, तस्बिरहरू
-
आर्थिक संकटमा ‘आइरन म्यान २’ का खलनायक, भन्छन्–‘ममाथि करोडौँको ऋण छ’