बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

साउथ एम्पटनको नामसँग जोडियो खराब कीर्तिमान, सात खेल अगावै रेलिगेसनमा

सोमबार, २५ चैत २०८१, १३ : ५५
सोमबार, २५ चैत २०८१

काठमाडौँ । साउथ एम्पटन इङ्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोट्टनहामसँग ३–१ गोलले पराजित भएसँगै साउथएम्पटन रेलिगेसनमा पर्ने पक्का भएको हो । 

प्रिमियर लिग तालिकामा हालसम्म ३१ खेल खेलेको साउथएम्पटन १० अंकसहित सबैभन्दा तल अर्थात, २० औँ स्थानमा आसिन छ । जारी सिजनको प्रिमियर लिगमा अब साउथ एम्पटनले सात खेलमात्र खेल्न बाँकी छ । 

बाँकी सातवटै खेलमा विजयी भए पनि साउथएम्पटन रेलिगेसनबाट जोगिने सम्भावना छैन । बाँकी सातवटै खेलमा विजयी भए पनि साउथ एम्पटनको कुल अंक ३१ मात्र पुग्नेछ । जबकी तालिकाको १७ औँ स्थानमा आसिन उल्भ्सले ३१ खेलबाट ३२ अंक जोडिसकेको छ । 

उल्भ्स हाल रेलिगेसन क्षेत्रबाट एक स्थान माथि छ । तालिकामा ३० खेलबाट १७ अंक जोडेको लेस्टर सिटी १९ औँ र ३१ खेलबाट २० अंक बटुलेको ईप्सविच सिटी १८औँ स्थानमा आसिन छन् । लेस्टर र ईप्सविच भने रेलिगेसनबाट जोडिन सँघर्षरत छन् । 

साउथ एम्पटनले यो सिजन हालसम्म दुई खेलमा जित, चार खेलमा बराबरी र २५ खेलमा हारको नतिजा निकालेको छ ।  साउथ एम्पटनले विपक्षीको पोष्टमा २३ गोल गरेको छ भने आफूले ७४ गोल खाइसकेको छ ।

साउथ एम्पटन इङ्लिस प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो रेलिगेसनमा पर्ने टोली पनि बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप