शिक्षकहरूको मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग
सोमबार, २५ चैत २०८१, १३ : ३६

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका विद्यालय शिक्षकहरूको मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न सरकार प्रमुखको तहबाट शीघ्र वार्ता थाल्न माग गरेको छ । कांग्रेसको शिक्षा विभाग प्रमुख केन्द्रीय सदस्य नैनसिंह महरले विज्ञप्ति जारी गर्दै यसअघि नेपाल शिक्षक महासंघसँग भएका सहमति र सम्झौतालाई आधार मानेर आन्दोलनरत शिक्षकका माग पूरा गर्नुपर्ने बताएका छन् ।
‘नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ महरले हस्ताक्षर गरि जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प हुने अवस्थालाई ख्याल गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा