दुई जना किशोरी बलात्कृत

काठमाडौँ । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस अभियोगमा दुई जनलाई पक्राउ समेत भएको छ ।
संखुवासभाको १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी नगरपालिका-८ बस्ने २५ वर्षीय नवराज कट्टेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । कट्टेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-२ कृष्णनगर बस्ने २४ वर्षीय शिवम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन डढेलोमा संलग्नलाई बागमती सरकारले कारबाही गर्ने
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा
-
बार निर्वाचन अपडेट : ११६० मत गणना हुँदा क-कसको अग्रता ? (सूचीसहित)
-
योगासाना च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक
-
दुई अटो ट्रेडर्सलाई विभागको कारबाही, तीन वटाको कारबाही फुकुवा
-
काठमाडौंमा भोलि राप्रपा, शिक्षक र सहकारी पीडितले प्रदर्शन गर्दै, कहाँ-कहाँ हुँदैछ सवारी आवागमन प्रभावित ?