शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा

भने– अदालतप्रति सम्मान छ
सोमबार, २५ चैत २०८१, १३ : २३
सोमबार, २५ चैत २०८१

बुटवल । कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेले अदालतको आदेशप्रति सम्मान गरेको संक्षिप्त प्रतिक्रिया दिएका छन् । सोमबार कारागार चलान हुँदै गर्दा उनले सो प्रतिक्रिया दिएका हुन् ।

उच्च अदालतको आदेशपछि काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई आज  जिल्ला अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको थियो । सबै

आवश्यक प्रक्रिया पश्चात् कारागारको थुनुवा कक्षतर्फ लैजाँदै गर्दा अदालतको आदेश प्रति के छ प्रतिक्रिया भन्ने सञ्चारकमीहरुको प्रश्नमा उनले भने, ‘केही छैन, केही छैन ,अदालतप्रति सम्मान छ ।’

लामिछानेलाई  कारागार प्रशासनले ४ नम्बर ब्लक राखेको छ ।  भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अन्य कैदी तथा थुनुवाहरू छन् ।

३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो ।  उक्त कारागारमा यसअघि सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

लामिछाने शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप