मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्ने

सोमबार, २५ चैत २०८१, १३ : १५
सोमबार, २५ चैत २०८१

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । सबै प्रदेशमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत  भोलि मधेस प्रदेशसभा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट सम्बोधन गर्ने भएपछि त्यसको तयारी भव्य रूपमा गरिएको छ । बाहिर गेट बनाउनेदेखि लिएर सभाहलमा कार्पेट लगाउने कामसमेत भइरहेको छ । सोमबार सबै तयारी अन्तिम चरणमा रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सभाहलमा कुर्सीको मर्मत सम्भारसहित कार्पेट लगाउने काम भइरहेको छ । 

मंगलबार मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीले साढे ११ बजेदेखि सम्बोधन गर्ने कार्यतालिका रहेको सभामुख रामचन्द्र मण्डलले बताए । ओली मंगलबार बिहान साढे १० बजे हेलिकप्टरमार्फत जनकपुर आउने सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली जनकपुर विमानस्थलबाट प्रदेशसभामा पुग्ने र सम्बोधनपछि सिरहामा हुने आमसभामा जाने तालिका रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप