शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित

सोमबार, २५ चैत २०८१, १३ : १४
सोमबार, २५ चैत २०८१

काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर रेणुका नगरकोटे सोमबार क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार–२०८१ बाट सम्मानित भएकी छन् । गुरुकुल एजुकेशनल फाउन्डेशन नेपालद्वारा आयोजित ‘एनसीएम डे’ कार्यक्रममा रेणुकालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

रेणुका ५० हजार रुपैयाँ नगदसहित सम्मानित भएकी हुन् ।  पुरस्कार घोषणा कार्यक्रममा क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप अधिकारीले भने, ‘रेणुकाले खेल मैदानमा देखाएको प्रदर्शन होस् वा जीवनको कठिन सँघर्ष, दुबै पक्ष आगामी पुस्ताका लागि निकै प्रेरणादायी छ ।’ 

कार्यक्रममा नेपाल कलेज अफ म्यानेजमेन्टका कलेज प्रिन्सिपल प्रा.सुशीलभक्त माथेमाले पनि रेणुकालाई बधाई दिए । उनले भने, रेणुकाको खेलजीवन अझ उर्जावान बनोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

रेणुकाले पनि यो सम्मान आफ्ना लागि निकै महत्वपूर्ण रहेको बताइन् । ‘मेरो लामो खेलजीवनमा पहिलो पटक यस्तो सम्मान पाएकी छु । त्यसैले यो सम्मान मेरा लागि निकै महत्वपूर्ण छ । यसरी सम्मानित हुँदा निकै खुशी लागेको छ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप