मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्थाबारे स्थलगत अनुगमन गरिने

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले विभिन्न चार टोली बनाएर विभिन्न स्थानका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा आगामी वैशाख महिनामा स्थलगत अनुगमन गर्ने निर्णय गरेको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् ।
जस अनुसार ढोरपाटन सिकार आरक्षण अन्तर्गतको मध्यवर्ती क्षेत्रको चार किल्ला र बर्दिया राष्ट्रिय निकुञ्ज तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती क्षेत्रको चार किल्लाभित्र बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिने सभापति सुवेदीले बताइन् । त्यस्तै चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज तथा कोशी टप्पु वन्यजन्तु आरक्षण अन्तर्गतको चार किल्लाभित्र बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाको बारेमा स्थलगत अनुगमन गरिने उनको भनाई छ ।
स्थलगत अनुगमनपछि समितिमा प्रतिवेदन पेस गर्न विभिन्न चार टोलीलाई निर्देश गरिएको छ । मध्यवर्ती क्षेत्रमा मानिस, वन्यजन्तु र वनका कर्मचारीबिच संघर्ष देखिएकाले सो क्षेत्रमा बसोबास गर्नेहरूको मानव अधिकारको विषयमा अध्ययन गर्न लागिएको समिति सभापति सुवेदीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर