यस्तो छ ‘कल्ली’ मा अर्पण थापाको लुक्स

काठमाडौँ । ‘कल्ली’ हाल छायाङ्कन भइरहेको फिल्म हो । फिल्मको विगत केही सातादेखि जुम्लामा छायाङ्कन भइरहेको छ । फिल्मको छायाङ्कन सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक भएको छ ।
फिल्म काठमाडौँमा केही दिन छायाङ्कन गरेर निर्माण पक्ष जुम्ला पुगेको हो । फिल्ममा अर्पण थापाको लुक्सले दर्शकहरूमा कौतुहलता बढाउने देखिन्छ । निर्माण पक्षले फिल्ममा उनको भूमिका के हो भन्ने खुलाएको छैन ।
फिल्मका निर्माता किरण नेपालीका अनुसार अब एक सातामा छायाङ्कन सकिनेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रूपमा छन् ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतको अभिनय छ ।
निसाल पौडेलको छायाङ्कन रहेको फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । निर्माणपक्षले फिल्मको छायाङ्कन भइरहेको समयमा अर्पण थापाको लुक्स किन रिलिज गर्यो, त्यो आफैमा कौतुहलताको विषय छ । तर, अर्पणले यस अघि यस्तो लुक्समा काम गरेका थिएनन् ।
फिल्मका निर्देशन लक्ष्मण सुनार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
-
मारक्रम र पुरन चम्किँदा लगातार जितिरहेको गुजरातको यात्रामा ब्रेक
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान
-
७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली