बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
सहकारी र लघुवित्त पीडितहरूद्वारा राष्ट्रपति भवननजिक धर्ना
प्रदर्शन

सहकारी र लघुवित्त पीडितहरूद्वारा राष्ट्रपति भवननजिक धर्ना

सोमबार, २५ चैत २०८१

काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार राष्ट्रपति भवन शीतलनिवास नजिकै धर्ना दिएका छन् ।  उनीहरू आज रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय पुगेका हुन् ।

sahakari laghubitta pidit (1)

राष्ट्रपति भवन अगाडी नै धर्ना दिन खोजेपनि उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नै रोकेको थियो । प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलहम लगाउने काम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।

sahakari laghubitta pidit (2)

सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

sahakari laghubitta pidit (3)sahakari laghubitta pidit (4)sahakari laghubitta pidit (5)sahakari laghubitta pidit (6)sahakari laghubitta pidit (7)sahakari laghubitta pidit (8)sahakari laghubitta pidit (9)sahakari laghubitta pidit (10)sahakari laghubitta pidit (11)sahakari laghubitta pidit (12)sahakari laghubitta pidit (13)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया