शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

अमेरिकामा प्राकृतिक प्रकोपको वितन्डा : बाढी र आँधीमा परेर १८ जनाको मृत्यु

सोमबार, २५ चैत २०८१, १२ : ४९
सोमबार, २५ चैत २०८१

वासिङटन डीसी । अमेरिकाको दक्षिणी र मध्यपश्चिमी क्षेत्रहरू प्राकृतिक प्रकोपको चपेटामा परेका छन् । केही दिन देखिको भारी वर्षाका कारण नदीहरूमा पानीको सतह बढेको छ । कयौँ दिनदेखिको भारी वर्षाले क्षतविक्षत भएका यस क्षेत्रमा बाढीको अवस्था झनै खराब भएको छ । आँधी र वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रभावित क्षेत्र अर्कान्सास, टेनेसी र केन्टकीमा सडकहरू पानीमा चुर्लुम्म डुबेका छन् भने मान्छेको घरभित्र पानी पसेको छ । केन्टकीको फ्र्याङ्कफर्टमा सडकमा डुङ्गाहरू चलिरहेको देखिएको थियो । केन्टकी नदीको पानीको सतह खतरनाक स्तरमा पुगेको छ ।

आइतबार नदीको पानीको सतह ४७ फिटमाथि पुगेको थियो । आइतबार अलाबामा, जर्जिया र फ्लोरिडामा दिनभरि वर्षा र आँधीबेहरीको चेतावनी जारी गरिएको छ । बुधबारदेखि सुरु भएको आँधी र वर्षाका कारण यस क्षेत्रमा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

यीमध्ये १० जना टेनेसीका हुन् । मिसौरीमा अग्नि नियन्त्रकको दुर्घटनामा मृत्यु भयो । केन्टकीमा पाँच जनाको मृत्यु भएको छ ।  राष्ट्रिय मौसम सेवाले धेरै राज्यहरूमा बाढीको जोखिम रहेको भनिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप