नेपथ्यको अब गोकर्णेश्वरमा कन्सर्ट

काठमाडौँ । लोकप्रिय साङ्गीतिक ब्याण्ड नेपथ्यले काठमाडौँको गोकर्णेश्वरमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । अस्ट्रेलियाको शृंखलाबद्ध कन्सर्ट सकेर हालै स्वदेश फर्किएको ब्यान्डले यहि चैत ३० गते शनिबार गोकर्णेश्वरमा प्रस्तुति दिन लागेको हो ।
नेपथ्यले दुई वर्षपछि काठमाडौँ उपत्यकामा कन्सर्ट गर्न लागेको हो । यसअघि २०७९ पुसमा नेपथ्य भृकुटी मण्डपमा प्रस्तुत भएको थियो ।
‘काठमाडौँ उपत्यकाका नगरपालिकाहरू जनसङ्ख्याका हिसाबले नेपालका अरू धेरै सहरभन्दा ठुला छन् । यी ठाउँमा पनि छुट्टै कार्यक्रम हुनसक्छ भन्ने अध्ययन गर्दै थियौँ, गोकर्णेश्वरको प्रस्ताव आयो,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्– ‘विदेशका आधुनिक र प्रविधि सम्पन्न हलहरूको अनुभव लिएर आएको ब्यान्डलाई गोकर्णेश्वरका दर्शकमाझ पनि उत्तिकै स्तरमा उभ्याउने तयारीमा लागेका छौँ ।’
कन्सर्ट गोकर्णेश्वरस्थित हनुमानचोक नजिकै खुला मैदानमा हुनेछ । यसलाई स्थानीय तन्नेरीहरूको समूह ‘ग्राउन्ड अफ इभेन्ट्स’ ले प्रस्तुत गर्न लागेको हो । ‘नेपथ्य प्रस्तुत हुन लागेकामा दर्शक पूरै उत्साहित छन्,’ स्थानीय आयोजक श्यामकृष्ण श्रेष्ठ भन्छन्, ‘शो हुनुभन्दा अगावै अनलाइन र भौतिक टिकट बिक्रीमा लहरले हामी पनि निक्कै उत्साहित छौँ ।’
गोकर्णेश्वरको कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।
गोकर्णेश्वरको कार्यक्रमपछि आगामी महिना फेरि अस्ट्रेलियामा जस्तै शृंखलाबद्ध प्रस्तुति लिएर आफूहरू अमेरिका जाने तयारीमा रहेको गायक एवं ब्यान्डका अगुवा अमृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको सभामा घुसपैठको आरोप लागेका ४ जनामाथि प्रहरीले थाल्यो अनुसन्धान
-
बान्डुङ भावनाप्रति नेपालको प्रतिबद्धताः सभामुख घिमिरे
-
लेक लागेर पर्यटकको मृत्यु
-
सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण
-
दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको राजेन्द्र लिङ्देनको आरोप
-
लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय : सभामुख घिमिरे