हुनेवाला पतिसँग घुम्न गएकी युवतीको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा हुनेवाला पतिसँग घुम्न गएकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय प्रियंका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिल्लीको चाणक्यपुरी निवासी प्रियंका आफ्नो हुनेवाला पति निखिलसँग गत बिहीबार घुम्न गएकी थिइन् । ‘इङ्गेजमेन्ट’ गरिसकेका उनीहरूको विवाह चाँडै नै हुने निधो भएको थियो ।
कापसहेडास्थित ‘फन एन्ड फुड भिलेज’ मा प्रियंका र निखिल ‘रोलर कोस्टर’मा चढेका थिए । यस क्रममा ‘रोलर कोस्टर’को एउटा ‘स्ट्यान्ड’ भाँचिएको थियो ।
प्रियंका ‘रोलर कोस्टर’बाट तल खसिन् । गम्भीर घाइते अवस्थाकी उनलाई निखिलले नजिकैको अस्पतालमा उपचारका लागि लगेका थिए । नाक र कानबाट रक्तश्राव भएको अवस्थामा अस्पताल लगिएकी उनलाई चिकित्सकले मृत घोषित गरे ।
निखिलले पार्क व्यवस्थापनको लापर्बाहीका कारण प्रियंकाले ज्यान गुमाउनु परेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । शव परीक्षणपछि प्रियंकाको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित