बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय नेताहरू केसी त्यागी र सुधीन्द्र भदोरिया नेपालमा

सोमबार, २५ चैत २०८१, १२ : ००
सोमबार, २५ चैत २०८१

काठमाडौँ । गणेशमान सिंह फाउन्डेसनले आज काठमाडौँमा गर्न लागेको कार्यक्रममा सहभागी हुन दुई भारतीय नेता काठमाडौँ आएका छन् । ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदान’ विषयक विचार गोष्ठीमा सहभागी हुन भारतका दुई नेता नेपाल आएका हुन् । 

गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष वर्तमान गठबन्धन सरकारका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह अध्यक्ष रहेको फाउन्डेसको विचार गोष्ठीमा सहभागी हुन बहुजन समाजवादी पार्टीका नेता सुधिन्द्र भदोरिया र भारतका पूर्व सांसद तथा विहारमा मुख्यमन्त्रीका प्रमुख सल्लाहकार केसी त्यागी नेपाल आएका उपप्रधानमन्त्री सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए । 

भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीलाई पनि आमन्त्रण गरिएकोमा विरामी भएर आउन नसकेको लामिछानेले जानकारी दिए ।  कार्यक्रम कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आथित्यमा हुने फाउन्डेसनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप