बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

ट्रम्प ट्यारिफका कारण भारतीय लगानीकर्ताले गुमाए केहीबेरमै २०० खर्ब भारु

सोमबार, २५ चैत २०८१, ११ : ५३
सोमबार, २५ चैत २०८१

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता भारत लगायत विश्वका कयौँ व्यापार साझेदारमाथि ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुल लगाएका थिए । ट्रम्पको यस कदमपछि विश्व शेयर बजारमा पहिरो गइरहेको छ । अमेरिकादेखि युरोप र एसियासम्म सबैतिर सेयर बजार रक्ताम्मे भएका छन् । 

ट्यारिफ घोषणाको प्रभाव भारतीय सेयर बजारमा पनि देखिएको छ । सोमबार बिहान बेञ्चमार्क निफ्टीमा चार प्रतिशतभन्दा बढीको कमी देखियो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलना निफ्टी ९७६ अंकले घटेर २१ हजार ९२८ दशमलव ५५ अङ्कमा ओर्लिएको थियो ।

अर्को मुख्य सेयर परिसूचक सेन्सेक्स पनि ३ दशमलव ९६ प्रतिशत अर्थात् २ हजार ९८५ अंकले घटी ७२ हजार ३७९ दशमलव ९३ अङ्कमा खुम्चिएको थियो । योसँगै लगानीकर्ताले २०१ खर्ब ६० अर्ब भारु गुमाए ।

ट्यारिफको प्रभावले अमेरिकी शेयर बजारमा पनि पहिलो गएको थियो । शुक्रबारको कारोबारमा अमेरिकाका प्रमुख शेयर परिसूचक ५ प्रतिशतभन्दा धेरैले घटेका थिए । सोमबार  पनि बजार रक्ताम्मे हुने शेयर फयूचर्सले देखाएका छन् ।

यसैबिच अमेरिकी सेयर बजारमा आएको कमीबारे ट्रम्पले ‘म कुनै पनि चीजमा गिरावट चाहन्न, तर कहिलेकाहीँ चीजहरू ठिक गर्न औषधि खानुपर्छ,’ भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप