रवि पक्राउ प्रकरण : मानव अधिकार आयोग जाँदै रास्वपा

काठमाडौँ । सभापति रवि लामिछानेको पक्राउको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी मानवअधिकार आयोग जाने भएको छ । न्यायिक प्रक्रिया नपुर्याई प्रहरीले गरेको पक्राउ, धरपकड, पक्राउ गर्नुअघि प्रहरीले सोधेको अन्तिम इच्छालगायतका विषयमा रास्वपाले आयोग जाने तयारी गरेको रास्वपाकी सहप्रवक्ता तथा लामिछानेको सचिवालय प्रमुख प्रतिभा रावलले जानकारी दिइन् ।
शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । रास्वपाले लामिछानेलाई प्रक्रिया नपुर्याई पक्राउ गरिएको भन्दै विरोध गरिरहेको छ ।
शनिवार रास्वपाले भरतपुरमा आयोजना गरेको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा.स्वर्णिम वाग्लेले सोमबार उच्च अदालतको आदेशविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च जाने बताएका थिए ।
यद्यपि आजै भने आफूहरू सर्वोच्च नजाने सह प्रवक्ता रावलले बताइन् । उनले आफूहरूले कानुनी राय लिएर छलफल गरिरहेको बताउँदै मानवअधिकार आयोग जाने तयारी गरेको बताइन् । ‘आयोग र सर्वोच्च जाने तयारी गरेका छौँ । त्यसका लागि छलफलमै छौँ । कुन दिन जाने भन्ने तय भैसकेको छैन,’ उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?