आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
अर्थ

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार, २५ चैत २०८१, १० : ५९
सोमबार, २५ चैत २०८१

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो । 

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसअघि शुक्रबार १ लाख ७६ हजार ४०० तथा त्यसको अघिल्लो दिन बिहीबार १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको थियो । 

सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा १८०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप