मल्टिस्टारका कारण ट्रेन्डिङमा ‘पिताम्बर’ को ट्रेलर

काठमाडौँ । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘पिताम्बर’ । मल्टिस्टार कलाकार भएको कारण फिल्म अहिले चर्चामा छ । फिल्मको चर्चा मात्र होइन, प्रचारका लागि फलिएका सामाग्रीले पनि दर्शकको मन जितिरहेको छ । जसको उदाहरण फिल्मको ट्रेलरलाई लिन सकिन्छ ।
केही दिन अघि सार्वजनिक ट्रेलर २ दिनदेखि युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । अहिलेसम्म २० लाख बढी भिउज पाएको ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ ।
फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।
फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौँलागाईं र सुप्रोल बुढाथोकी लगायतको अभिनय छ ।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे
-
दिल्लीलाई उछिन्दै गुजरात आईपीएलको शीर्ष स्थानमा
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान