शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

सोमबार, २५ चैत २०८१, १० : ५०
सोमबार, २५ चैत २०८१

 काठमाडौँ । राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । 

 दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने तय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

उनका अनुसार बैठकमा मुलुकमा विकसित भएको पछिल्लो  राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाको बारेमा छलफल हुनेछ । 

यस्तै तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाइको बारेमा समेत छलफल हुने उनको भनाइ छ । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरूको रिहाइ गर्नुपर्ने यसअघि नै धारणा सार्वजनिक गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप